खेलकुद

नेपाल र युएईबीचको क्रिकेट सेमिफाइनल आज

नेपाल र युएईबीचको क्रिकेट सेमिफाइनल आज

कार्तिक १७, काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ । बिहीबार समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालले समूहको उपविजेताका रूपमा युएईसँग खेल्नुपरेको थियो ।

सेमिफाइनल खेल शुक्रबार बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । विजेता टोलीले २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ। युएईसँग पराजित भएपछि नेपालले सन् २०२१ मा हुने विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

आज अर्को सेमिफाइनल ओमान र बहराइनबीच कीर्तिपुरमा हुनेछ ।

१९७ पटक हेरीएको

सम्बन्धित समाचार