कार्तिक १७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ ह्वाङ–क्युनले बिहीबार राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।
भेटमा राष्ट्रपति पौडेलले पछिल्लो समय नेपाल–दक्षिण कोरियाबीचको सम्बन्ध सुमधुर बन्दै गएकोमा खुसी व्यक्त गरे । राष्ट्रपति कार्यालयका अनुसार पौडेलले नेपालको सामाजिक आर्थिक विकासको लागि दक्षिण कोरिया भरपर्दो साझेदार भएको बताए ।
कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) मार्फत प्राविधिक सहयोग, मानव संशाधन विकास र अन्य सहयोग उपलब्ध गराएकोमा राष्ट्रपतिले कोरिया सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
१८६ पटक हेरीएको