कार्तिक १८, काठमाडौं । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट शान्ति टर्च र्याली निकालिएको छ । शान्तिको यो प्रतीक काजी शेर्पालगायत ख्यातिप्राप्त आरोहीहरूले काला पत्थरमा पु¥याउने छन् । शान्ति टर्च मङ्सिर ११ गते काला पत्थरमा आइपुग्ने र त्यहाँका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुडान किरातीले नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।
नेपाल पर्वतारोहण संघले आफ्नो ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्लोबल वार्मिङका कारण नेपालको हिमालमा परेको नकारात्मक असरप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन र विश्व शान्ति प्रवर्द्धन गर्ने उद्देश्यले यी सबै समारोह आयोजना गर्दै आएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लिहारक्याल लामाले एनएमएको केन्द्रीय कार्यसमिति सदस्य दिवास पोखरेल, सद्भावना दूत काजी शेर्पा, एनएमए बोर्डका पूर्व सदस्य शिवबहादुर सापकोटालगायत एनएमए टोलीलाई दिप हस्तान्तरण गरेका थिए । शान्ति टर्च मंसिर ५ गते साँझ काठमाडौं आइपुग्ने बताइएको छ ।
१८८ पटक हेरीएको