१९ कात्तिक, काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन कल र एसएमएसको व्यवस्था गरेको छ ।
जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म निःशुल्क कल र एसएमएस सेवा दिने निर्णय गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
“प्रभावित क्षेत्रमा जानकारी आदानप्रदानलाई निरन्तरता दिन यस क्षेत्रका सबै ग्राहकलाई निःशुल्क कल र एसएमएस सेवाको व्यवस्था गरिएको छ। साथै पाँच दिनसम्म नि:शुल्क कल र एसएमएस सेवासँगै नि:शुल्क सिम पनि उपलब्ध हुनेछ।” प्रवक्ता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग मन्त्रालयमा भएको बैठक र निर्देशनपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
१५३ पटक हेरीएको