कोशी

फाल्गुनन्द जयन्तीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

फाल्गुनन्द जयन्तीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

२५ कात्तिक, काठमाडौं । किरात समुदायका धर्मगुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश दिनुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देशमा उनीहरुले सामाजिक अन्धविश्वास त्यागेर समाज सुधारका लागि महागुरु फाल्गुनन्दले दिएको शिक्षा हरेक कालखण्ड र समाजमा अनुकरणीय रहेको बताए । सन्देशमा राष्ट्रपतिले फाल्गुनन्द किरात धर्मका नेताका रूपमा चिनिए पनि समाज सुधारक भएको बताए । “फाल्गुनन्द जयन्तीको पर्वले हामी सबैलाई आत्मीयतामा संयमता जगाउन र सामाजिक सद्भावना, अहिंसा र सामाजिक सुधारको प्रवर्द्धनमा योगदान पु¥याउन प्रेरित गरोस्,” प्रदेश प्रमुखले भने ।

उपराष्ट्रपतिले फाल्गुनन्दको विचार र उनले अवलम्बन गरेको मार्गले किरात धर्म र संस्कृतिका लागि मात्रै नभई सिङ्गो नेपाली समाज र अन्य धार्मिक समुदायलाई पनि समान मार्गनिर्देशन दिएको बताउनुभयो । प्रधानमन्त्रीले किरात धर्म र संस्कृतिको पहिचान र संरक्षणका लागि समाज सुधारक फाल्गुनन्दको महत्वपूर्ण योगदान रहेको बताए । उहाँको शिक्षालाई पछ्याउन आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले फाल्गुनन्दको सामाजिक सुधारको सामाजिक र सांस्कृतिक सार सबै धर्म, समुदाय र समाजका लागि सान्दर्भिक रहेको बताउनुभयो ।

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विशेषगरी पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, इलाम, झापालगायत जिल्लामा मनाइन्छ ।

१५७ पटक हेरीएको

सम्बन्धित समाचार