२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाजरकोट र रुकुमपश्चिम जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा एकद्वार नीतिबाट आपतकालीन राहत वितरण भइरहेको बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका शर्माले संघीयताको मर्मअनुसार राहत वितरणमा स्थानीय सरकारको नेतृत्वदायी भूमिका खोजेको बताए । ‘मंसिर ३ गते भूकम्प गएको भोलिपल्ट प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्रीले जारी गरेको निर्देशनअनुसार राहत र उद्धारको काम जारी छ,’ उनले भनिन् ।
विपद्मा सरकारको प्रतिक्रियाका गुनासोलाई गम्भीरतापूर्वक लिइएको र आवश्यकताका आधारमा राहत सामग्री वितरण भइरहेको सरकारका प्रवक्ताले जानकारी दिए । उनले भूकम्पपीडितलाई राहत वितरणमा सरकारले पक्षपात गर्ने कुरा सोच्नसमेत नसकिने बताए । उनले नेपाली अनुपम वास्तुकार र सांस्कृतिक सम्पदा झल्काउने भौतिक सम्पदालाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका क्रममा प्राथमिकता दिइने बताउनुभयो ।
जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको मंसिर २१ गते गएको ६.४ रेक्टर स्केलको भूकम्पले छिमेकी रुकुमपश्चिममा पनि ज्यान गुमाउनेसहित अहिलेसम्म १ सय ५० भन्दा बढीको ज्यान गएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।
१६६ पटक हेरीएको