२५ कात्तिक, काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो महत्वपूर्ण चाड तिहार, जसलाई यमपञ्चक पनि भनिन्छ, शनिबारदेखि सुरु हुँदैछ ।
कागलाई खाना चढाएर यो दिन मनाइन्छ । कागलाई हिन्दू मृत्यु र न्यायका देवता यमराजको दूत मानिन्छ। यस दिन कागलाई चामलको खीर खुवाउँदा यमराजको शुभ सन्देश जाने धार्मिक विश्वास छ । यस अवसरमा आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआजा गरिएको छ ।
त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । अधर्म गर्नेलाई यमराजले दण्ड दिने र असल काम गर्नेलाई धर्मराजले रक्षा गर्ने विश्वास पनि तिहारसँग जोडिएको छ । यस वर्ष मिति परिवर्तनका कारण कार्तिक कृष्ण त्रयोदशीका दिन साँझदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार पर्व शनिबारदेखि सुरु भएको छ ।
१९९ पटक हेरीएको