२८ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल एप टिकटकको पहुँच रोक्न निर्देशन दिएको छ । टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको प्रतिक्रियामा सर्कुलर आएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सामाजिक सञ्जालले पारिवारिक संरचना र सामाजिक सद्भावमा नकारात्मक असर पु¥याउने गरी प्रचार प्रसार गरेको भन्दै नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नेपाल टेलिकमका अध्यक्ष पुरुषोत्तम खनालले वल्र्डलिंकलगायत इन्टरनेट सेवा प्रदायक कम्पनीले एपमा सर्वसाधारणको पहुँच बन्द गरिसकेको र बाँकी रहेकालाई सरकारको निर्णय पालना गर्न निर्देशन दिइएको बताए ।
उक्त एपलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णयबारे टिकटकको मुख्यालयलाई पहिल्यै जानकारी गराइसकेको बताइएको छ ।
१६० पटक हेरीएको