कोशी

कालापत्थरबाट विश्व कीर्तिमान बनाउने ‘स्काइडाइभ’

कालापत्थरबाट विश्व कीर्तिमान बनाउने ‘स्काइडाइभ’

२ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरबाट डाइभिङ गरेर भारतीय पेशेवर ‘स्काइडाइभर’ शितल महाजनले विश्व कीर्तिमान कायम गरेकी छन् ।

महिला वर्गमा स्काइडाइभिङमा नयाँ कीर्तिमान बनाएर महाजनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनले कालापत्थरमा ५ हजार ३१७ मिटरको उचाइबाट डाइभिङ गरेकी हुन् । यसअघि कालापत्थरमा ५ हजार ३ सय ४२ मिटरको उचाइबाट स्काइडाइभिङ गर्ने महिलाको विश्व कीर्तिमान थियो । महाजनले कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाए ।

यसअघि न्युजिल्यान्ड र अमेरिकाका दुई स्काई डाइभरले कीर्तिमान बनाएका थिए । ४१ वर्षीय महाजन भारतको पुणेमा स्काइडाइभ र खेलकुद क्षेत्रमा सक्रिय छन्। उनले भारतको प्रतिष्ठित पद्मश्री अवार्ड पाएकी छिन् । एभरेष्ट स्काईडाइभ कम्पनीका अध्यक्ष सुमन पाण्डेले महाजनले मंसिर ११–१३ मा सगरमाथा क्षेत्रमा चार पटक डाइभिङ गरेर कीर्तिमान बनाएको बताए ।

महाजनको कीर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विश्व कीर्तिमान कायम गर्ने प्रमाण पत्र हस्तान्तरण गरिएको हो । सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद अर्यालले विश्व कीर्तिमान कायम गरेकोमा महाजनलाई बधाई दिएका छन् । स्काईडाइभर महानले आफ्नो लामो समयदेखिको सपना साकार भएकोमा खुसी व्यक्त गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि आफ्नो प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपालमा सन् २००८ देखि सगरमाथा स्काइडाइभिङ सुरु भएको थियो ।सन् २००९ मा कालापत्थरमा सबैभन्दा अग्लो स्काईडाइभ भएको थियो ।

१५६ पटक हेरीएको

सम्बन्धित समाचार