समाचार

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा १० रिट निवेदन दायर

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा १०  रिट निवेदन दायर

२ मंसिर, काठमाडौं । नेपालमा टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन परेका छन् ।

गत नोभेम्बर १३ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भिडियो सेयरिङ प्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । रिटमा निवेदकहरूले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेज गर्न माग गरेको सर्वोच्च अदालतका उपप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।उपप्रवक्ता घिमिरेले रिट निवेदनमा आगामी मंसिर २१ गते सुनुवाइ हुने जानकारी दिनुभयो ।निर्णयपछि देशका करिब इन्टरनेट सेवा प्रदायकले टिकटक चलाउन बन्द गरेका छन् ।

लोकप्रिय एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि रिट निवेदन परेको हो । सामाजिक सद्भावमा खलल पर्ने, सार्वजनिक शिष्टता विरुद्धका कयौं मुद्दा, अपराध न्यूनीकरण र अपराधीलाई कारवाही गर्ने प्रक्रियामा टिकटक कम्पनीबाट सहयोग नपुगेको भन्दै प्रतिबन्ध लगाइएको हो ।

१४३ पटक हेरीएको

सम्बन्धित समाचार