कोशी

प्रधानमन्त्री दाहाललाई बुझायो तीन बुँदे ज्ञापन

प्रधानमन्त्री दाहाललाई बुझायो तीन बुँदे ज्ञापन

३ मंसिर, काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तीनबुँदे ज्ञापनपत्र बुझाएको छ ।

आज त्यहाँ पुगेका प्रधानमन्त्री दाहाललाई अध्यक्ष मिङ्मा छेरी शेर्पाले ज्ञापनपत्र बुझाएका हुन् । शेर्पाले स्थानीय समस्या समाधानका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीलाई सगरमाथाको काखमा स्वागत गर्न पाउँदा आफूहरु निकै खुसी भएको उनले बताए । सो अवसरमा प्रधानमन्त्री दाहाललाई सङ्घ र प्रदेश सरकार र विभिन्न दातृ निकायसँग समन्वय गरी गाउँपालिकालाई समृद्ध बनाउन चालिएका पहलका बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी गाउँपालिकाले सगरमाथ क्षेत्र जोड्ने सडक र स्तरोन्नति आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समाहित गरी बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

१९७ पटक हेरीएको

सम्बन्धित समाचार