कर्णाली

चीनको रेडक्रस सोसाइटीद्वारा भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध

चीनको रेडक्रस सोसाइटीद्वारा भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध

३ मंसिर, काठमाडौं । चीनको रेडक्रस सोसाइटीले भूकम्प पीडितका लागि नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) लाई एक लाख अमेरिकी डलरको आपत्कालीन मानवीय नगद सहयोग प्रदान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले एनआरसीएसका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिंह एयरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा चिनियाँ राजदूतले जाजरकोट र रुकुमपश्चिम जिल्लामा गएको भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त गरी सङ्घ र प्रदेश सरकारलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चिनियाँ राजदूत चेनले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर भनेर चिनिने) मा एक स्टेटस लेखेका छन्, “हामी नेपालसँग ऐक्यबद्धतामा उभिएका छौं र मानिसहरूलाई उनीहरूको घर पुनर्निर्माण गर्न मद्दत गर्न सबै सम्भव उपायहरू परिचालन गर्न जारी राख्नेछौं।”

त्यसैगरी एनआरसीएस एयरका कार्यवाहक अध्यक्षले उक्त रकम भूकम्पपीडितलाई सहयोग गर्न प्रयोग गरिने एनआरसीएसले बताए । सो अवसरमा एनआरसीएसका कार्यवाहक महासचिव मनोजकुमार थापा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

यसअघि बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पनि जाजरकोट भूकम्पपीडितलाई राहत सामग्री उपलब्ध गराएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलहरूलाई रु २७.४ मिलियनको राहत सामग्री उपलब्ध गराएको छ ।

१४५ पटक हेरीएको

सम्बन्धित समाचार