५ मंसिर, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक महिलालाई सोमबार पक्राउ गरेको छ ।
३२ वर्षीय भारतीय नागरिक किमरो साङ्गीलाई एक दशमलव ९७३ किलोग्राम कोकिनसहित त्रिआयामा पक्राउ गरिएको त्रिआयाका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । महिला इथियोपियाबाट आएर कतारको दोहा हुँदै टिआइए पुगेकी थिइन् ।
लागुऔषध नियन्त्रण ब्यूरोले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको डिआइजी चन्दले बताए ।
१६१ पटक हेरीएको