६ मंसिर, काठमाडौं । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पद्मलाल तामाङको जंगली हात्तीको आक्रमण परि मृतु भएको छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले मंगलबार साँझ शिविर नजिकै हुमसेदुम्से सामुदायिक वनमा रहेको तामाङलाई जङ्गली हात्तीले आक्रमण गरेको जानकारी दिए । तामाङ शिविरको सेक्टर दुईको २५२ नम्बरको झुपडीमा बस्दै आएका छन् । उनी दाउराका लागि वन क्षेत्रमा प्रवेश गरेका थिए । खोजीका क्रममा तामाङ जंगलमा मृत फेला परेको प्रमुख राईले जानकारी दिए । साँझसम्म पनि घर नफर्केपछि खोजी तिब्र पारिएको थियो ।
त्यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको घरको सिमेन्टको पर्खाल जंगली हात्तीले भत्काएको छ । बाँसबारी सामुदायिक वनको हात्तीले पर्खाल भत्काएर घरभित्र पसेर ४ सय केजी धान र २ सय केजी चामल खाएको पीडित दाहालले जानकारी दिए ।
१६० पटक हेरीएको