८ मंसिर, काठमाडौं । जिल्ला अदालत कास्कीले बिहीबार पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेदको कसुरमा दोषी ठहर गर्दै साढे चार महिना कैद र ७५ हजार जरिवानाको सजाय सुनाएको छ । छुवाछुत।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईले वडाध्यक्ष अधिकारीविरुद्ध जातीय भेदभाव र छुवाछुतको कसुरमा बिहीबार फैसला सुनाएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । अधिकारीलाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम सजाय दिइएको हो ।
ऐनको दफा ७ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । वडाध्यक्ष अधिकारी सार्वजनिक पद होल्डर भएकाले ५० प्रतिशत बढी सजायको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैया नेपालीले गत वर्ष आफ्नो अध्यक्ष विरुद्ध जातीय भेदभाव र छुवाछुतको उजुरी दिएकी थिइन् ।
त्यसैगरी अदालतले अधिकारीलाई १० हजार नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
१९२ पटक हेरीएको