८ मंसिर, काठमाडौं । देशका विभिन्न स्थानमा सात जनाको शव फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ सानोभर्याङमा बस्दै आएका काभ्रेको पाँचखाल नगरपालिकाका २६ वर्षीय रविन अधिकारी बुधबार मृत फेला परेका थिए । त्यस्तै मकवानपुरको मकवानपुरगढी नगरपालिका–९ का ३८ वर्षीय प्रेमकुमार भुजेल र सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का २८ वर्षीय संगम पोखरेल बुधबार गोकर्णेश्वर नगरपालिका–८ मा भाडाको कोठामा मृत फेला परेका छन् ।
नेपाल प्रहरीका अनुसार उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका ३२ वर्षीय प्रदीप वाग्ले बुधबार आफ्नै घरमा मृत फेला परेका हुन् । मृत भेटिएकामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का ७८ वर्षीय रामबहादुर सार्की र आठबिसकोट नगरपालिका–१३ का ४६ वर्षीय मोतीराम रहेका छन् । सिरहाको नवराजपुर गाउँपालिका मेनाहा क्षेत्रमा करिब ५५ वर्षीया महिला पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सातवटै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
१३३ पटक हेरीएको