मुख्य समाचार

पोर्चुगलमा रुम पार्टनरको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

पोर्चुगलमा रुम पार्टनरको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

९ मंसिर, काठमाडौं । पोर्चुगलमा साथीको छुरा प्रहारबाट एक नेपाली युवकको मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१३ का ३६ वर्षीय धनबहादुर क्षेत्रीको साथीले छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । पोर्चुगलको स्यान्टियागोस्थित डो लिटोरल एलेन्तेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार क्षेत्रीको मृत्यु भएको हो ।

पोर्चुगलको ओडेमिरा बोभिस्टामा बस्दै आएका क्षेत्रीलाई गत मंगलबार राति पर्वतको पुतलीबजार–१२ का ३० वर्षीय लोकेन्द्र गुरुङले रुम पार्टनरले छुरा प्रहार गरेका थिए । घटनाका बेला मादक पदार्थ सेवन गरेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलका अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले बताए ।

घटनापछि फरार रहेका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका थिए । उनीहरु दुवै ओडेमिरामा रहेको कृषि कम्पनीमा काम गर्थे ।

१६७ पटक हेरीएको

सम्बन्धित समाचार