लुम्बिनी

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु

९ मंसिर, काठमाडौं । बर्दियाको गुल्रिया नगरपालिका–४ तुलापुरमा रहेको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटना हिजो राति भएको हो ।

मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीय मानसिन बुढा र ३२ वर्षीया राधा बुढा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगोमा घाइते भएकी २८ वर्षीया करिश्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६३ पटक हेरीएको

सम्बन्धित समाचार