मुख्य समाचार

परिवर्तन–२ मा अखिल समाजवादी विद्यार्थी कमिटी गठन

परिवर्तन–२ मा अखिल समाजवादी विद्यार्थी कमिटी गठन

रोल्पा। परिवर्तन गाउँपालिका–वडा नं. २ मा अखिल समाजवादी विद्यार्थी कमिटी गठन गरिएको छ। आज सम्पन्न प्रथम विस्तारित विद्यार्थी सम्मेलनबाट नयाँ विद्यार्थी कमिटी गठन गरिएको हो।

राङ्सीमा आयोजित सम्मेलन विश्व परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अखिल समाजवादी केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज अनिल सी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो भने अखिल समाजवादी रोल्पा जिल्ला सचिव तथा परिवर्तन गाउँ पालिका इन्चार्ज किशन चन्द विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
सम्मेलनबाट विश्व सी इन्चार्ज चयन हुनु भएको छ। त्यस्तै नवीन ओली अध्यक्ष, गगन बाठ मगर उपाध्यक्ष, उत्तम ओली सचिव, करिश्मा ओली सह–सचिव तथा सम्वोग बाठ मगर कोषाध्यक्ष चयन हुनु भएको छ।


कार्यक्रममा करिब ४० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा बोल्ने वक्ताहरूले विद्यार्थी संगठनलाई सुदृढ बनाउँदै सामाजिक परिवर्तन र विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

४२९ पटक हेरीएको

सम्बन्धित समाचार