मुख्य समाचार

प्रचण्डको चुनावी यात्रा तीव्र शिक्षा, स्वास्थ्य र रोजगारमा प्रतिबद्धता

प्रचण्डको चुनावी यात्रा तीव्र शिक्षा, स्वास्थ्य र रोजगारमा प्रतिबद्धता


रुकुम (पूर्व) निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चुनावी भेटघाट कार्यक्रम तीव्र बनाउनु भएको छ। उहाँले रुकुमका विभिन्न गाउँपालिकामा मतदातासँग भेटघाट गर्दै शिक्षा र स्वास्थ्य सेवा सुधार, युवालाई रोजगारी सिर्जना, कृषि उत्पादन बढाउने र किसानका उत्पादनलाई बजारसम्म पुर्‍याउने कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।


साथै प्रचण्डले खानेपानी, सिँचाइ, खेलकुद, महिला, दलित र युवाको सशक्तीकरण, भाषा, संस्कृति र इतिहासको संरक्षण तथा पर्यटन विकासमा ध्यान दिने योजना रहेको जानकारी दिनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने र जनयुद्धबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रचण्डले २०६२ साल असोजमा रुकुमको चुनबाङमा बसेको पार्टीको ऐतिहासिक बैठक र त्यस समयको संघर्षका दिनहरूको अनुभव साझा गर्नुभयो। उहाँका अनुसार यहाँका आदरणीय मतदाताहरूले जनयुद्धका कठिन दिनहरूमा साथ र सहयोग दिनुभएको थियो, जसले आजको राजनीतिक यात्रा र भेटघाटमा नयाँ ऊर्जा थपेको बताउनुभयो।


उहाँले २०८२ फागुन २१ गते तारा चिन्हमा मतदान गर्न सबै मतदातासमक्ष अपिल पनि गर्नुभयो।

२३३ पटक हेरीएको

सम्बन्धित समाचार