२५ मंसिर, काठमाडौं । पोखरामा आइतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा महानगरपालिका–५ की २४ वर्षीया भावना बराल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको सुन्दरीबजारबाट ताल्चोकतर्फ आउँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल लैजाँदै गर्दा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको डिएसपी श्रवणकुमार विकले बताए ।
कारका चालक मानबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
२३६ पटक हेरीएको