समाचार

एनसेलको शेयर बिक्री विवादबारे उच्चस्तरीय समितिले छानबिन सुरु

एनसेलको शेयर बिक्री विवादबारे उच्चस्तरीय समितिले छानबिन सुरु

२५ मंसिर, काठमाडौं । एनसेलको शेयर बिक्री प्रकरणबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले आइतबारदेखि औपचारिक रुपमा छानबिन सुरु गरेको छ ।

पाँच सदस्यीय समितिका संयोजक टंकमणि शर्माले सरकारले तोकिएको समयसीमाभित्र छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउन सरकारले दिएको निर्देशनअनुसार अध्ययन थालेको बताए । समितिले छानबिनका क्रममा सम्बन्धित नियामक निकाय, सरकारी अधिकारी र सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने संयोजक शर्माले बताए ।

प्रक्रियाको क्रममा, तिनीहरूले सम्बन्धित व्यक्ति र संस्थाहरूबाट आवश्यक कागजातहरू र जानकारीहरू सङ्कलन गर्नका साथै विज्ञहरू, सरोकारवाला संस्थाहरू र व्यक्तिहरूबाट विचार र सुझावहरू लिन्छन्। यस विषयमा सत्यतथ्य जानकारी र प्रमाण उपलब्ध भएमा छानबिनमा समितिलाई सहयोग गर्न सम्बन्धित सबैलाई अपिल गरिएको छ ।

छानबिन समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको छ र गठन भएको ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

एनसेलको शेयर खरिद प्रकरण, प्रचलित कानुनको परिपालना र राजस्व सङ्कलनमा परेको असर र नेपालमा विदेशी लगानी लगायतका विषयमा अध्ययन तथा अनुसन्धान गर्न सरकारले गत मंसिर २१ गते छानबिन समिति गठन गरेको थियो ।

२०१ पटक हेरीएको

सम्बन्धित समाचार