मुख्य समाचार

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझायो

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझायो

१० माघ, काठमाडौं । महान्यायाधिवक्ता डा दिनेशमणि पोखरेलले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा पोखरेलले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा सर्वोच्चमा महान्यायाधिवक्ताको कार्यालयमा परेका १४ हजार २८९ मुद्दा, रिट र निवेदनमध्ये २ हजार ९ सय १४ मुद्दाको फैसला भएको छ ।

सरकारी पक्ष संलग्न मुद्दामा सफलता ४१.२८ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

१३४ पटक हेरीएको

सम्बन्धित समाचार