मुख्य समाचार

रोल्पामा जङ्गली च्याउ खादा एकै घरका दुई जना बिरामी, एकको उपचारको क्रममा मृत्यु

रोल्पामा जङ्गली च्याउ खादा एकै घरका दुई जना बिरामी, एकको उपचारको क्रममा मृत्यु

लोकेन्द्र के:सी 🖋️

रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी भलाकामा साउन २९ गते साँझ जङ्गली च्याउ सेवन गरेका ८१ वर्षीय भाइराम वली र उनकी ७३ वर्षीया पत्नी नरमला वलीमध्ये आज उपचारको क्रममा नरमला वलीको मृत्यु भएको छ। भाइराम वली अहिले गम्भीर अवस्थामा उपचाररत छन्।

सेवनपछि दुवैजनामा स्वास्थ्य समस्या देखिएपछि उनीहरूलाई सुरुमा रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। तर, आवश्यक उपचार सम्भव नभएपछि दुवैजनालाई दाङस्थित महेन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा रिफर गरिएको थियो।

स्थानीय अनुसार, परिवारमा छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी दाङमा बस्दै आएका छन्। घरमा अहिले केवल दुवैजनै रहेका थिए।

स्वास्थ्यकर्मीहरूले जङ्गली च्याउ सेवन गर्दा स्वास्थ्यमा उच्च जोखिम हुन सक्ने र गम्भीर समस्या वा मृत्युको सम्भावना हुने चेतावनी दिइरहेका छन्। यस घटनापछि परिवार र स्थानीयवासीमा शोक छाएको छ ।

५१२ पटक हेरीएको

सम्बन्धित समाचार