मुख्य समाचार

अरिङ्गालको टोकाइबाट घाइते बालबालिकाको उपचारका लागि सहयोगको अपिल

अरिङ्गालको टोकाइबाट घाइते बालबालिकाको उपचारका लागि सहयोगको अपिल

रोल्पा। त्रिवेणी गाउँपालिका–७ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङका विभिन्न कक्षामा अध्ययनरत छात्र–छात्रा विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले टोक्दा एक बालकको ज्यान गएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन्।

उक्त घटनामा गम्भीर घाइते भएका मोहन परियारको उपचारका क्रममा मृत्यु भएको विद्यालयले जनाएको छ। अन्य पाँच जना घाइते विद्यार्थीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था अझै गम्भीर रहेको र उनीहरूको पारिवारिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भएको विद्यालय प्रशासनले जनाएको छ।

श्री वीरेन्द्र माध्यमिक विद्यालय, गाङले विद्यालय परिवारको तर्फबाट पीडित बालबालिकाका लागि सहयोगको अपिल गरेको छ। अपिलमार्फत गाउँ–समुदायका सबै राजनीतिक दल, संघ–संस्था, सरकारी कार्यालय, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, व्यापारी, प्रवासमा रहेका शुभेच्छुक दाजुभाइ दिदीबहिनीहरूलाई घाइते बालबालिकाको उपचार खर्चका लागि सहयोग जुटाउन आग्रह गरिएको छ।

विद्यालयले ‘PICU भित्र होसबेहोस अवस्थामा जीवनका लागि संघर्ष गरिरहेका बालबालिकालाई बचाउन सहयोगी हातहरु अघि बढाइदिनुहोस्’ भन्दै सबैमा हार्दिक अनुरोध गरेको छ।

६०४ पटक हेरीएको

सम्बन्धित समाचार