मुख्य समाचार

परिवर्तन–२ राङ्सीमा भुसिया कुकुरको आक्रमण, चार बाख्रा मृत

परिवर्तन–२ राङ्सीमा भुसिया कुकुरको आक्रमण, चार बाख्रा मृत

लोकेन्द्र के.सी.✍️, रोल्पा– रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा किसान शंकरलाल घर्तीका बाख्रालाई भुसिया कुकुरको समुहले आक्रमण गर्दा तीनवटा बाख्रा र एउटा बोका गरी चारवटा मरेका छन्।

वडाध्यक्ष हरि प्रसाद बुढा (संबेक) का अनुसार शनिबार बिहान भएको आक्रमणमा घर्तीका खोरमा बाँडिएका बाख्रा कुकुरको निशानामा परेका हुन्।

आक्रमणपछि गाउँलेहरूको सहयोगमा कुकुरलाई लखेटिएको थियो। चारवटा कुकुरमध्ये दुईवटा पाखावाङतर्फ, एउटा चप्कातर्फ र अर्को डाँडागाउँतर्फ भागेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो।

उहाँले यस्ता घटनाले किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याउने भएकाले सबैलाई सतर्क रहन आग्रह गर्नुभयो।

गाउँमा पटक–पटक यस्ता आक्रमण दोहोरिँदा पशुपालक किसान मात्र नभई विद्यालय जाने साना बालबालिकासमेत त्रसित भएको स्थानीयहरूले बताएका छन्।

३१० पटक हेरीएको

सम्बन्धित समाचार