लुम्बिनी

रोल्पामा ५ वर्षीया बालिका बलात्कार प्रकरणमा एक पक्राउ

रोल्पामा ५ वर्षीया बालिका बलात्कार प्रकरणमा एक पक्राउ

रोल्पा — लुङ्ग्री गाउँपालिका–१ पाङमा ५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार भदौ १० गते १४ वर्षिय बालकले बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले शुक्रबार राति अभियुक्तलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेको थियो। हाल उनलाई थप अनुसन्धानका लागि लिबाङ लगिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिरेन्द्र विर विश्वकर्माले घटनाबारे निष्पक्ष रुपमा छानबिन अघि बढाइने बताए। “अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याएर न्यायिक प्रक्रिया अघि बढाइन्छ,” उनले भने।

४१० पटक हेरीएको

सम्बन्धित समाचार