मुख्य समाचार

कैलालीमा एक महिलाले गरे श्रीमानको हत्या

कैलालीमा एक महिलाले गरे श्रीमानको हत्या

कैलाली — कैलालीको जोशीपुर गाउँपालिका–३ मा घरायसी विवादका क्रममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीया सुनितादेवी कठरियाले शनिबार राति करिब ११ बजे ५० वर्षीय श्रीमान् लखनलाल कठरियामाथि हथौडाले प्रहार गरेकी थिइन्। गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग गरिएको हथौडा बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा लखनलालको मृत्यु हथौडा प्रहारबाट भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा सुनितालाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। दम्पतीबीचको विवादको कारण खुल्न बाँकी रहेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

२७४ पटक हेरीएको

सम्बन्धित समाचार