रोल्पा — त्रिवेणी गाउँपालिका–६ थुम्काका अन्दाजी ५८ वर्षीय भद्रबिर घर्तीको भीरबाट लडेर मृत्यु भएको छ। घर्ती घाँस (खर) काट्न भिरतर्फ गएका थिए। साँझसम्म घर नफर्केपछि परिवारका सदस्यहरूले खोजी गरेका थिए।
खोजीका क्रममा घर्ती भीरबाट लडेकाे अवस्थामा फेला परेका हुन्। उनको सब पोस्टमार्टमका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ।
३२८ पटक हेरीएको