मुख्य समाचार

बागलुङमा जेसीबीमाथि पहिरो खस्दा रोल्पाका सह–चालकको मृत्यु

बागलुङमा जेसीबीमाथि पहिरो खस्दा रोल्पाका सह–चालकको मृत्यु

रोल्पा, बागलुङको ताराखोला गाउँपालिका–५, कराचेमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। मंसिर २२ गते आइतबार निर्माणस्थलमा कार्यरत गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबीले सडक सफा गर्ने क्रममा माथिल्लो भागबाट अचानक ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

पहिरोले जेसीबीमा सवार रोल्पा घर भएका १९ वर्षीय सह–चालक विशाल पुनलाई थिच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो। घटनामा जेसीबी पनि क्षतिग्रस्त भएको प्रहरीले बताएको छ।


प्रहरीले थप आवश्यक अनुसन्धान अघि बढाएको छ।

३०९ पटक हेरीएको

सम्बन्धित समाचार