रोल्पा, २०८२/०८/२९ — अखिल (समाजवादी)ले आफ्ना सुनछहरी गाउँपालिका अध्यक्ष मन मगरलाई नेकपा (सुनछहरी, रोल्पा) ले धम्की दिँदै अपहरण गरेको दाबी गरेको छ। संगठनका अनुसार मंसिर २९ गते आयोजना गरिएको एकता सन्देश सभाका क्रममा जबर्जस्ती पार्टी प्रवेश गराउने उद्देश्यले मन मगरलाई ढाकधम्की दिँदै नियन्त्रणमा लिइएको हो।
अखिल (समाजवादी)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यक्तिले स्वतन्त्र रूपमा आफ्नो राजनीतिक गतिविधि गर्न पाउने मौलिक अधिकारमाथि प्रहार हुने गरी गरिएको यस्तो कार्य अराजनीतिक र निन्दनीय छ।” संगठनले उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेकपाका सम्बन्धित पक्षलाई संयमता अपनाउन सचेत गराएको जनाएको छ।
संगठनले अपहरित भनिएका मन मगरलाई यथाशीघ्र रिहाइ गर्न पहल गर्न सुरक्षाकर्मी, मानव अधिकारकर्मी तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्नसमेत माग गरिएको छ।
अखिल (समाजवादी)ले आफ्ना सुनछहरी गाउँपालिका अध्यक्ष मन मगरलाई नेकपा (सुनछहरी, रोल्पा) ले धम्की दिँदै अपहरण गरेको रोल्पा जिल्लाका अखिल (समाजवादी) का अध्यक्ष चुडामणि के.सी ले जानकारी दिनुभएको छ।
यस विषयमा सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
३८० पटक हेरीएको