१ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका छन् ।
प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउद, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायतका अधिकारीले स्वागत गरेका थिए ।
उहाँले सेप्टेम्बर २१ मा युयेनजीए लाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्र एसडजीएस र जलवायु महत्वाकांक्षा शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुका साथै संयुक्त राष्ट्रसङ्घको महासभामा विभिन्न देशका सरकारका प्रमुखसँग भेटवार्ता गर्नेछन् ।
१५७ पटक हेरीएको