कोशी

कोशी प्रदेशको नाम फिर्ता लिनुको कुनै अर्थ छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशको नाम फिर्ता लिनुको कुनै अर्थ छैन : मुख्यमन्त्री कार्की

असोज ७, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा एमालेलाई समाधानका लागि कुनै ठूलो समस्या नभएको बताउनुभएको छ ।

‘खोशी प्रदेशको नामाकरणमा एमालेले कडा अडान राख्नुपर्ने थियो, तर त्यस्तो भएन,’ उनले एक कार्यक्रममा भने, ‘एमालेका केही कार्यकर्ता आफैंले कोशी प्रदेशको नामाकरणको विरुद्धमा लेखेर धारणा राखेकोमा चिन्ता व्यक्त गरे ।

उनले प्रदेश १ को नामाकरण कोशी प्रदेश सही भएको भन्दै यसबाट पछि हट्नुको कुनै अर्थ नभएको बताए ।

उनका अनुसार प्रदेश नामाकरणको विरोधमा जबर्जस्ती आन्दोलन भएको हो । उनले आन्दोलन स्थानीयले नभई सङ्घीय राजधानी काठमाडौंबाट समेत मानिस ल्याएर आउटसोर्स गरेर विरोध गरेको तर्क गरे ।

मुख्यमन्त्री कार्कीले यहाँ केही तत्वले साम्प्रदायिक दंगा गराउन खोजेको आरोप पनि लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको नामाकरणबारे अन्य सबै दलले आफ्नो धारणा सार्वजनिक गरे पनि किन स्पष्ट प्रतिक्रिया नआएको उनले जिज्ञासा राखे ।

१४७ पटक हेरीएको

सम्बन्धित समाचार