कार्तिक १०, काठमाडौं । मलेसियामा भएको एसीयू–१९ प्रिमियर कपको विजेता नेपाली पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले स्वागत गरेका थिए । मङ्गलबार क्वालालम्पुरको बायो मास ओभलमा भएको फाइनलमा नेपालले डकवर्थ लुइस पद्धतिको प्रयोग गरी युएईलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताभर नेपाल अपराजित रह्यो ।
२०५ पटक हेरीएको