कार्तिक १४, काठमाडौं । आइतबारदेखि सुरु भएको नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका गुटेर्रेसले विकास र औद्योगिक राष्ट्रले हुने जलवायु परिवर्तनले नेपालमा प्रतिकूल असर पारेको र त्यसमा कुनै महत्वपूर्ण भूमिका नरहेको स्वीकार गरे । जलवायु परिवर्तनको प्रमुख पक्ष ग्लोबल वार्मिङले हिउँ पग्लने स्तर बढेको र पहिरो र बाढीका घटनाहरू बढेको बताए।
जलवायु परिवर्तनसँग जुध्ने रणनीतिको कार्यान्वयनलाई तिव्रता दिन धनी र उद्योगी राष्ट्रहरूलाई आह्वान गर्दै उहाँले जलवायु परिवर्तनको असरसँग जुध्न नेपालको प्रयासमा सहयोग गर्न आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुगेका उनलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीलगायत स्थानीय पदाधिकारीले स्वागत गरेका थिए । उनको साथमा उहाँका सदस्यहरु पनि थिए
२०७ पटक हेरीएको