कार्तिक १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न आज लुम्बिनी आइपुगेका छन् ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरबाट भैरहवा हुँदै लुम्बिनी आइपुग्नुभएको छ ।लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हार्क्याल लामालगायतले स्वागत गरेका थिए ।
१२९ पटक हेरीएको