कार्तिक १७, काठमाडौं । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिहीबार धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद गरेको छ । प्रहरीले सुरक्षा जाँचका क्रममा ३३ बोरामा लुकाएर ल्याइएको चिनी बरामद गरेको हो ।
चाडपर्वमा काठमाडौं उपत्यकामा चिनीको अभाव हुन थालेपछि केही दिनयता पूर्वी तराईका विभिन्न जिल्लाबाट बीपी राजमार्ग हुँदै चिनी तस्करी हुने आशंका सुरक्षा निकायले गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बिपी राजमार्ग हुँदै अवैध रुपमा चिनी भित्र्याइएको जानकारी दिए । अवैध चिनीको आपूर्तिलाई नियन्त्रण गर्न प्रहरीले राजमार्गमा सुरक्षा चेकजाँचलाई तीव्र पारेको छ ।
यसअघि असोज १९ गते इलाका प्रहरी कार्यालय बनेपाले कर छली गरी ल्याइएको ९२ बोरा चिनी बरामद गरेको थियो । धानले भरिएको बोरामा छोपेर चिनी आपूर्ति गरिन्थ्यो ।
१९१ पटक हेरीएको