कार्तिक १८, काठमाडौं । नेपालले एसिया छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा स्थान बनाएको छ । वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिका द्वारा सह-आयोजक, वर्ड कप जुन ४ देखि ३०, २०२४ सम्म हुनेछ।
आज यहाँको मूलपानी क्रिकेट रंगशालामा सेमिफाइनल खेल हुँदैछ । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको हो । विजयी टोलीका लागि विकेटकिपर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले तीन चौका र एक छक्का प्रहार गर्दै ३५ रन बनाए भने गुलशन झा २२ र कुशल भुर्तेलले ११ रन बनाए ।युएईका लागि निलांस केसवानी र बसिल हमिदले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । टोलीका लागि वृत्य अरविन्दले ५४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मोहम्मद वसीमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २६ रन बनाए । नेपालका लागि आसिफ खानले १३ र आलिशान सराफुले १६ रनको योगदान दिए । नेपालका लागि कुशल मल्लले २ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र पौडेलले एक–एक विकेट लिए । समूह ‘ए’ को उपविजेता बनेको नेपाल फस्ट रनरअप हुँदै सेमिफाइनलमा पुगेको छ भने युएई समूह ‘बी’ को च्याम्पियन भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले आइतबार फाइनलमा ओमानको सामना गर्दैछ ।
२२७ पटक हेरीएको