२५ कात्तिक, काठमाडौं । नेपाली टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा रहेको वल्र्ड टेनिस टुर जुनियर, जीआर ५ को सर्किट १ मा शुक्रबार रजत जितेकी छन् ।
ढाकास्थित शेख जमाल राष्ट्रिय टेनिस कम्प्लेक्समा भएको गर्ल्स सिंगल्सको फाइनलमा सुनिरा भारतकी एलिना फरीदसँग ६-३, ६-० ले पराजित भइन् र रजतमा सीमित भइन्। बंगलादेश टेनिस संघले आयोजना गरेको प्रतियोगितामा २७ खेलाडीको सहभागिता रहेको थियो । सुनिराले पहिलो राउण्डमा बाई पाएर प्रि क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् ।
प्रि-क्वार्टरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७-५ र ७-६ ले हराएकी सुनिराले क्वार्टरफाइनलमा भारतकी प्रिन्सी मण्डगल्लालाई ६-४ र ६-४ ले पराजित गरिन्। सेमिफाइनलमा सुनिराले भारतकी देवान्सी गोहिललाई ६-३ र ६-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।
२०१ पटक हेरीएको