३० कात्तिक, काठमाडौं । असहाय गौ संरक्षण अभियानले काठमाडौं उपत्यकालाई असहाय गाईवस्तु मुक्त क्षेत्रका रूपमा विस्तार गर्न प्रत्येक स्थानीय तहमा पशु आश्रयस्थल कान्जी हाउस स्थापना गर्न माग गरेको छ । अभियानले सडकमा अलपत्र गाईवस्तु छाड्ने प्रवृत्ति अन्त्य गर्न कानुनी वकालत गर्दै आएको छ ।
अभियानका अध्यक्ष उत्तम पुडासैनीले काठमाडौं महानगरपालिकाले दक्षिणकालीमा कान्जी हाउस निर्माण गरेकोमा खुसी व्यक्त गर्दै गाईवस्तुलाई स्वास्थ्य परीक्षणका लागि कान्जी हाउसमा लैजान र बिरामी देखिए क्वारेन्टाइनमा राख्न आग्रह गरे ।
अभियानले हालसम्म करिब दुई सय गाई र बाछाको उद्धार गरी कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा आश्रय दिएको जनाएको छ । छाडा गाईवस्तुलाई खाद्यान्न, बास, उपचार र माया दिन आग्रह गर्दै अध्यक्ष पुडासैनीले उद्धार गर्दा संरक्षण गर्ने बताए ।
२५४ पटक हेरीएको