मुख्य समाचार

जुवा खेलिरहेको आरोपमा काठमाडौंमा १७ जना पक्राउ

जुवा खेलिरहेको आरोपमा काठमाडौंमा १७ जना पक्राउ

३० कात्तिक, काठमाडौं । जुवा खेलिरहेको आरोपमा प्रहरीले स्वयम्भू र साँखुबाट १७ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त क्षेत्रमा रहेको जुवा खेल्ने कोठाबाट चार लाख रुपैयाँ, ताश र पासासहित केही जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगानाले साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले शङ्खरापुर नगरपालिका–१ नाङ्गलेभारेबाट पनि जुवा खेलिरहेको अवस्थामा केहीलाई पक्राउ गरेको बताए । उनीहरुको साथबाट प्रहरीले एक लाख १७ हजार रुपैयाँ बरामद गरेको छ ।

यसैबीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तिहारमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना रोकथाम तथा नियन्त्रण कार्यालयको अभियानअन्तर्गत ट्राफिक प्रहरीले पूर्व निर्धारित योजनाअनुसार चेकिङ गरिरहेको बताए ।

१७२ पटक हेरीएको

सम्बन्धित समाचार