मुख्य समाचार

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

५ मंसिर, काठमाडौं । माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पद्मोदय स्कुल मोडबाट सिंहदरबार पश्चिम गेटसम्म, सर्वोच्च अदालतदेखि माइतीघर मण्डलाको चारैतिर, माइतीघर मण्डलादेखि बबरमहलसम्म र बिजुली बजारदेखि नयाँ बानेश्वर चोकसम्म स्प्यान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कार्यालयले सोमबार यहाँ एक विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्रमा मङ्सिर २० गतेदेखि पाँच जनाभन्दा बढी भेला हुन र धर्ना, घेराओ, सभा, प्रदर्शनलगायत निषेधाज्ञा जारी गरेको जनाएको छ । । यो आदेश लागू भएको ३० दिनसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले ती स्थानमा एउटै मिति, एकै समयमा र स्थानमा एक वा बढी समूहबाट भीडभाड हुने भएकाले सुरक्षाका कारण निषेधित क्षेत्र घोषणा गरिएको बताए । र अरूको बीचमा विरोध कार्यक्रमहरू मञ्चन गर्दा शान्ति र व्यवस्थामा खलल पुग्ने गरी विवाद, झगडा र टकरावलाई उत्प्रेरित गर्न सक्छ।

निषेधित क्षेत्रमा सार्वजनिक सेवा प्रदायकको सुचारु सञ्चालन सुनिश्चित गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न र ती क्षेत्रमा एम्बुलेन्स, दमकल र सार्वजनिक यातायात व्यवस्थामा पर्ने नकारात्मक असरलाई रोक्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस्तो निर्णय गरेको हो । बस्नेतले भने ।

१८० पटक हेरीएको

सम्बन्धित समाचार