५ मंसिर, काठमाडौं । भूकम्पपछि पालमुनि रात बिताइरहेका हुकुमबहादुर पुनले चिसोका कारण एक शिशु गुमाए । पुन भेरी नगरपालिका जाजरकोटका बासिन्दा हुन् । तीन दिनअघि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको शिशुलाई उपचारका क्रममा मृत्यु भएको भेरी–२ का पूर्व वडाध्यक्ष कालीबहादुर ओलीले बताए ।
निरुता नामकी बालिकालाई निमोनिया भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । उनको उपचारको क्रममा मृत्यु भएको हो । जाजरकोटमा अहिले ५० भन्दा बढी बालबालिका चिसोबाट पीडित छन् । भूकम्प प्रभावित बस्तीमा चिसोका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
नोभेम्बर ३ मा गएको ६.४ रिक्टर स्केलको भूकम्पमा १५४ जनाको ज्यान गएको थियो भने ३ सय ४६ जना घाइते भएका थिए । त्यसैगरी २६ हजार ५५७ निजी घरमा क्षति पुगेको छ भने ३५ हजार ४५५ घरमा आंशिक क्षति पुगेको छ ।
२०८ पटक हेरीएको