७ मंसिर, काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् ।
नेपाल र कतारबीचको बढ्दो सम्बन्धलाई उजागर गर्ने यो भ्रमणले अल–मुरैखीले प्रमुख नेपाली अधिकारीहरूसँग उच्चस्तरीय वार्ता गर्नेछन् । उनको यात्रामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
यी भेटका अलावा अल मुरैखीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय छलफल पनि गर्ने कार्यक्रम छ । कतारी राज्यमन्त्रीको भ्रमण शुक्रबार समापन हुँदैछ ।
१६१ पटक हेरीएको