८ मंसिर, काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखी बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।
सो अवसरमा नेपालका लागि कतारका राजदूत मिशाल बिन मोहम्मद अली अल अन्सारी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कतारी पाहुनाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी परराष्ट्र राज्यमन्त्री अल मुरैखीले परराष्ट्र सचिव पौडेलसँग द्विपक्षीय भेटवार्ता गरी आजै स्वदेश फर्कने कार्यक्रम छ ।
२१० पटक हेरीएको