१७ मंसिर, काठमाडौं । तनहुँमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुक्माया विक नामकी एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा मृतक महिलाका श्रीमान् रामचन्द्र विक र उनका दुई छोरा तीन वर्षीय सुमन र ६ वर्षीय गुराँस घाइते भएका छन् । दमौलीबाट मोटरसाइकलमा सवार परिवार पोखरा जाँदै गरेको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराज राजमार्ग खण्डमा दुर्घटना भएको हो । घाइते परिवारका सदस्यहरुको अहिले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।
१८४ पटक हेरीएको