मुख्य समाचार

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि समिति गठन

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि समिति गठन

२५ पौष, काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको संयोजन गर्न समिति गठन गरेको छ ।

सत्तारुढ दलको आज साँझ बसेको बैठकले नेपाली काँग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, नेकपा (अमेरिका)का राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलित संयोजन समिति गठन गरेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनले राष्ट्रिय सभाका रिक्त १९ सिटमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित गर्न समितिले काम गर्ने बताए । समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

२३१ पटक हेरीएको

सम्बन्धित समाचार