अर्थ

प्रविधिको सदुपयोग गर्न डिजिटल-वित्तीय-साक्षरता तालिम

प्रविधिको सदुपयोग गर्न डिजिटल-वित्तीय-साक्षरता तालिम

 जुगार/  रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिकाका ७ वटै वडाहरूमा १८ वटा डिजिटल वित्तीय साक्षरता र उद्यमशीलता विकास तालिम कक्षाहरू सुरु भएका छ। प्रारम्भिक तथ्याङ्क अनुसार यी कक्षाहरूमा ५८ जना पुरुष तथा ३४२ महिलाहरूको सहभागी रहेका छन् । यस अघि समुन्नति डिजिटल फाइनान्स परियोजनाले २,३,४,५,६ र ७ नम्बर वडाहरूमा चारवटा व्याचमा १४ जना महिला डिजिटल च्याम्पियनहरू मार्फत ४२ वटा कक्षाहरू सञ्चालन गरि ८७९ जना सहभागीहरूलाई यस्तै प्रकारका ६ महिने तालिमहरू प्रदान गरेका थिए जसमध्ये ८११ जना महिला सहभागी रहेका थिए । परियोजनाले कार्यक्रमको दौरानमा १० जना महिला डिजिटल च्याम्पियन, ९ वटा कक्षा र ५८३ जना सहभागीहरूको घरमा अनुदानमा ईन्टरनेट सेवा जडान कार्य सम्पन्न गरेको छ।
परियोजनाको काम उपयोगी एवं लाभदायक रहेकोले त्रिवेणी गाउँपालिकाले आफुले सुरु गरेको “टेवा कार्यक्रम” मा डिजिटल वित्तीय साक्षरताका विषयवस्तुहरूलाई पनि समावेश गरेर अझै थप सशक्त बनाउने सोच राखेको छ। जस अनुसार पालिकाले समुन्नति डिजिटल फाईनान्स परियोजना संग सम्झौता गरि परियोजनाको प्राविधिक सहयोगमा यो तालिम सञ्चालन गरिरहेको छ । पालिकाले छनौट गरेका ७ जना ग्रामिण विकास सहजकर्तालाई परियोजनाले ६ दिने तालिम दिएको थियो भने,सहभागीहरूका लागि पाठ्यक्रम तयार पारी पुस्तकहरू पनि उपलब्ध गराएको छ।
पालिका तथा परियोजनाको सहकार्यमा सञ्चालित यो तालिमले स्थानीयवासीहरूको आयवृद्धि भै बचत गर्ने बानीको बिकास हुने तथा डिजिटल माध्यमबाट पेशागत ज्ञान लिन सक्ने क्षमताको विकास हुने छ । साथ साथै, डिजिटल माध्यमबाट आर्थिक कारोबार गरि श्रम, समय र अतिरिक्त खर्चमा भएको कटौतीलाई उत्पादन मुलक काममा प्रयोग गरि थप आम्दानी हुने अपेक्षा पालिका र परियोजनाले राखेको छ ।
तालिमको उदेश्य निम्न कुरामा सक्षम बनाउनु समेत रहेको छ ।
१.वित्तीय र डिजिटल साक्षरता भनेको बजेट बनाउने, बचत गर्ने, ऋण, लगानी, मोबाइल बैंकिङ र अनलाइन वित्तीय सेवाको ज्ञान हुनु ।
२. यसले तपाईँलाई आर्थिक निर्णयहरू सजिलै र सुरक्षित तरिकाले गर्न सक्षम बनाउँछ।
३. साक्षर व्यक्तिहरू अनलाइन ठगी, फ्रड र आर्थिक संकटबाट सजग रहन्छन्।
४. डिजिटल प्लेटफर्महरूमा खर्च ट्र्याक गर्न, बचत योजना बनाउने र वित्तीय सेवाहरूको प्रयोगमा सहजता ल्याउँछ।
५. वित्तीय र डिजिटल साक्षरताले आत्मनिर्भरता, दीर्घकालीन सुरक्षा र समृद्ध सुनिश्चित गर्न मद्दत पुऱ्याउँछ।

४६६ पटक हेरीएको

सम्बन्धित समाचार