मुख्य समाचार

आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात

आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात

हिमा खड्का 🖋️
रोल्पाबाट एक बर्षमा २२ करोड ६५ लाख, ६० हजार बराबारको खसी, बोका निर्यात भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शङ्खर न्यौपानेका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात भएको हो ।
जिल्लाबाट खसी, बोका, बाख्रा, भेडा मात्र २२ करोड, ६५ लाख, ६० हजारको निर्यात भएको छ । बङ्गुर ३ करोड २४ लाखको निर्यात भएको छ ।
रोल्पामा अण्डाको आयात बढी देखिन्छ । जिल्लामा एकबर्षमा २ करोड, १६ लाखको अण्डा आयात भएको छ । ३ करोड, ५ लाख, ७९ हजारको अण्डा जिल्लामा खपत भएको छ । उक्त समयमा रोल्पा जिल्लाबाट अण्डाको निर्यात शुन्य रहेको देखिन्छ ।
यस अवधिमा १६ करोड, १८ लाख बराबारको आयत भएको छ । अण्डा २ करोड, १६ लाख, खसी बोका ४५ लाख, रागाँ ३ करोड, ८५ लाख, कुखरा ८ करोड ६५ लाख बराबारको आयात भएको डाक्टर न्यौपानेले जानकारी दिनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको बार्षिक भारित प्रगति ९४.५५ प्रतिशत छ । वित्तिय प्रगति ८९.०८ प्रतिशत रहेको छ ।
संघ शसर्त तर्फ सतप्रतिशत प्रगति भएको छ भने प्रदेश तर्फ ९४.५५ प्रतिशत प्रगति छ ।
भेटेरीनरी अस्पतालको सेवा ६१ प्रतिशत कृषक माझ पुगेको छ । जिल्लामा ३५ हजार ६२ कृषक संख्या रहेकोमा २१ हजार २ सय चौरासी कृषक माझ सेवा पुगेको तथ्याँक छ ।
जिल्लामा ८४ प्रतिशत जनसंख्या कृषिमा पेशामा आश्रित छ । लैङ्गिक अनुपातमा ६३ प्रतिशत महिला कृषिमा आश्रित छन भने ३७ प्रतिशत पुरुष कृषिमा आश्रित छन् । दलित २१ प्रतिशत, आदिवासी जनजाती ४४ प्रतिशत रहेका छन् ।
एक बर्षमा २ करोड, १९ लाख, ४५ हजार, २०० पशुधनको विमा भएको छ । बाख्रा, खसी, बोका ७५५, भैसी १२०, गाई गोरु २ गरी ८७७ वटा पशुधन विमा सेवामा समावेश भएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले आर्थिक बर्ष २०८१/०८२ मा प्रगति समीक्षा उत्कृष्ट प्रस्तुत गरे बापत कार्यालय प्रमुख शङ्खर न्यौपाने सम्मानित हुनु भएको थियो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवल रुपन्देहीले उक्त सम्मान गरेको थियो ।

३९० पटक हेरीएको

सम्बन्धित समाचार