अर्थ

त्रिवेणी गाउँपालिकामा विद्यालय सञ्चालन सम्बन्धी प्रशासनको निर्देशन

त्रिवेणी गाउँपालिकामा विद्यालय सञ्चालन सम्बन्धी प्रशासनको निर्देशन

रोल्पा, त्रिवेणी गाउँपालिकाले सुरक्षा संवेदनशीलता कायम गर्न विद्यालयहरूलाई विशेष निर्देशन दिएको छ। प्रहरीले दिएको जानकारीअनुसार हालैको GenZ आन्दोलनका क्रममा जेलबाट फरार केही कुख्यात कैदीहरू पालिकाभित्र समेत प्रवेश गरी आन्दोलनको नाममा वितण्डा मच्चाउने प्रयास गरेको आशंका गरिएको छ।

यसै सन्दर्भमा पालिकाले आइतबारदेखि सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित भई नियमित प्रशासनिक कामकाज सञ्चालन गर्न आग्रह गरेको छ। विद्यालय क्षेत्रमा आन्दोलनको गतिविधिबाट कस्तो असर परेको छ भन्ने विवरण पनि तत्काल पालिकामा पेस गर्न अनुरोध गरिएको छ।

तर, पठनपाठन गतिविधि भने अर्को सूचना नभएसम्म सञ्चालन नगर्न आदेश दिइएको छ। पालिकाले विद्यार्थी तथा युवाहरूलाई राज्यविरुद्ध उक्साउने सम्भावना रहेको भन्दै सतर्क रहन सबैलाई आह्वान गरेको छ।

३७६ पटक हेरीएको

सम्बन्धित समाचार